जनकपुरधामबाट लागूऔषधसहित चार युवा पक्राउ
काठमाडाैं | माघ १३, २०७९
जनकपुरधाम: धनुषा जनकपुरधामबाट प्रहरीले लागूऔषधसहित चारजना युवालाई पक्राउ गरेको छ । प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४ सय ९३ बोतल लागूऔषधसहित चारयुवालाई जनकपुरधाम पिडारी चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा प्रदेश २–०२–००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ छन् ।
यस्तै ज.६प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने ३२ वर्षीय दीपक कुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
अटोमा जुटको बोरामा १० वटा कार्टुनमा राखेर पिडारी चोकदेखि उत्तरतर्फ जाँदै गर्दा गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा एक्सप्लोन नामक प्रतिबन्धित लागूऔषध ४ सय ९३ बोतल बरामद भएको डिएसपी क्षेत्रीले बताए ।
उनीहरुले प्रयोग गरेको अटोरिक्सा र मोटरसाइकलहरू समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
चितवन: चितवनमा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमु...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

